+
+

नेपालले टी-२० विश्वकप छनोटअघि टी-२० सिरिज खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते २०:०७

६ माघ, काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी टी-२०विश्वकप क्वालिफायरअघि ओमानमा चार देश सहभागी टि २० सिरिज खेल्ने भएको छ ।

नेपालले आयरल्यान्ड, युएई र घरेलु टोली ओमानसँग टी-२०खेल खेल्ने नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए ।

नेपालले टी-२० विश्वकपको ग्लोबल छनोटअघि तयारी स्वरुप अभ्यास म्याच खेल्न लागेको हो ।

ग्लोबल क्वालिफायरमा नेपाल समूह ए का रहेको छ र यस समूहका खेलहरु फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।

यस समूहमा आयोजक ओमानसहित, नेपाल, युएई, आयरल्याण्ड, फिलिपिन्स, क्यानाडा, बहराईन र जर्मनी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?