+
+

उपरथी कार्कीको पदावधि थपिएन, जंगीअड्डा पुग्यो मन्त्रिपरिषद्को निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १७:०३

७ माघ, काठमाडौं । सैनिक नेतृत्वले आफूप्रति पूर्वाग्रह राखेर म्याद थपका लागि सिफारिस नगरिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई गुहारेका उपरथी अनन्त कार्कीले अवकाश पाउने भएका छन् ।

मन्त्रिपरिषद्को २० पुसको बैठकले कार्कीलाई छाडेर उपरथी सीताराम खड्का र ताराध्वज पाण्डेको दुई वर्ष म्याद थप गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै कार्कीले यही २३ माघबाट अवकाश पाउनेछन् । त्यसअघि नै उनलाई विदामा बस्न सुझाइएको स्रोतले बतायो ।

मन्त्रिपरिषद्को निर्णय जंगीअड्डामा आइपुगेको सैनिक प्रवक्ता नारायण सिलवालले अनलाइनखबरसँग पुष्टि गरे ।

आफूलाई छुटाएर आफूभन्दा कनिष्ठ दुई उपरथीको पदावधि थपका लागि सिफारिस गरिएको भन्दै उनले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीसमक्ष उजुरी दिएका थिए ।

उजुरीमा उनले ‘विशिष्ट श्रेणीको अधिकृत उपर पूर्वग्रह र बदनियत राखी स्वच्छाचारी मनोमानी ढंगले गरिएको विधि र प्रक्रिया विपरित’को काम प्रधानसेनापति शर्माले गरेको बताएका थिए ।

कार्कीको यो उजुरीलाई जंगीअड्डाले ‘चेन अफ कमाण्ड’ बाहिरको गतिविधि भनेको छ । यसका लागि उनलाई कारबाही गरिनसक्ने स्रोतले बतायो । तर अवकाशमा जाने वेला भइसकेकाले त्यसबारे निर्णय भइसकेको छैन ।

उनी पूर्णचन्द्र थापा सेनापति हुँदा उनको निकटका अधिकृत मानिन्थे । सैनिक ऐनमा प्रधानसेनापतिको सिफारिसतमा उपरथीको दुई वर्ष म्याद थप गर्न सक्ने व्यवस्था छ ।

म्याद थप भएसँगै पाण्डे सम्भावित भावी प्रधानसेनापतिको रुपमा हेरिएका छन् । उनी प्रधानसेनापति नभए उपरथी अशोक सिग्देल सेना प्रमुख हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?