+
+

गुल्मीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ८ गते ६:१७

८ माघ, गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

शुक्रबार बेलुकी जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर– ९ उर्लेनिबाट छिमेकी जिल्ला बाग्लुङको काडेबासतर्फ जाँदै गरेको लु१च ७२९८ नम्बरको जिप मुसिकोटको ददल्कामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका मुसिकोट नगरपालिका वडानम्बर–९ का ५५ वर्षीय कालु भनिने तीर्थ विकको वामिटक्सारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये चालकसहित चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सोही वडाका सवारी चालक २७ वर्षीय शंकर परियार, सोही वडाकै वर्ष ५८ का रिखे विक, २० वर्षीया सविना विक र वर्ष ५४ का सन्तवीर विक गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

घाइते २० वर्षीय प्रकाश विक र २६ वर्षीया रमिला विकको स्थानीय मेडिकलमा उपचार भइरेहेको प्रहरीले जनाएको छ । जिपमा ७ जना यात्रु सवार रहेका थिए ।

चिप्लो र अप्ठ्यारो सडक भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । जिप सडकबाट करीब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?