+
+

नर्स पनि नक्कली, काउन्सिलले थाल्यो कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १५:४०

९ माघ, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले एक महिलाको नर्सिङ लाइसेन्स नक्कली भएको पुष्टि गरेको छ ।

काउन्सिलले एक सूचना जारी गर्दै लाइसेन्स जारी भएको साढे सात वर्षपछि एकजना नर्स नक्कली भएको र कारबाहीको लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

काउन्सिलको लाइसेन्स पुनः दर्ताका लागि निवेदन दिएकी रञ्जुकुमारी चौधरीको कागजपत्र अध्ययनका क्रममा अर्केको नाममा रहेको दर्ता नम्बर लिएको पुष्टि भएको छ ।

काउन्सिल रजिष्ट्रार विन्दा घिमिरेले आइतबार जारी गरेको सूचना अनुसार रञ्जुकुमारी चौधरीले ६ जुलाई २०१४ मा लिएको लाइसेन्स नम्बर २६४६८ त्यसभन्दा अघि नै अर्थात् मार्च २०१४ मा अर्कैको नाममा जारी भइसकेको उल्लेख छ ।

पेश गरेको प्रमाणपत्र र दस्तखत पनि काउन्सिलको रेकर्डमा भएको भन्दा फरक देखिएपछि काउन्सिलले रञ्जु दर्तावाल नर्स नभएको अर्थात् नक्कली नर्स भएको भन्दै सूचना जारी गरेको छ ।

चौधरीले पेस गरेको प्रमाणपत्र र सो प्रमाणपत्रमा गरिएको दस्तखतसमेत फरक पाइएकाले काउन्सिलको पुस २८ मा बसेको बैठकले आवश्यक कानूनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?