+
+

डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी, तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १७:१३

९ माघ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको एमडी र एमएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् ।

आइतबार भएको प्रवेश परीक्षामा अर्कै विद्यार्थीको नाममा परीक्षा दिँदै गरेको भटिएपछि कलंकीको एलआरआई स्कुलबाट भारतीय नागरिक जितेन्द्रकुमार मिश्रा पक्राउ परेका छन् ।

मिश्रलाई सहयोग गर्ने अर्को भारतीय नागरिक बिहारका शशिभुषण सिंह पनि पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी श्यामकुमार महतोले बताए ।

उनका अनुसार प्रहरीले परीक्षामा मर्यादित कार्य गरेको अभियोगमा भारतीय नगारिक कृष्ण मुरारीलाई पनि पक्राउ गरेको छ । उनी नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान, सानो भर्‍याङबाट पक्राउ परेका हुन् । थप अनुसन्धान जारी रहेको ब्यूरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?