+
+

भीमफेदी कारागारमा एक थुनुवाको लडेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते २०:४१
फाइल तस्वीर

१० माघ, हेटौंडा। शौचालय जाने समयमा लडेका एक थुनुवाको मृत्यु भएको छ । मकवानपुरको भीमफदी गाउँपालिकामा रहेको भीमफेदी कारागारमा लागू औंषध मुद्दामा सजाय काटिरहेका बारा जिल्लाका गढीमाई नगरपालिका–१० का ४५ वर्षीय अजयप्रसाद जैसवालको मृत्यु भएको हो।

कारागार प्रमुख मदन लामा थिङका अनुसार सोमबार बिहान शौचालय जाँदा लडेर बेहोस भएका जैसवाललाई भीमफेदीमा सामान्य उपचार गरी थप उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएका हो ।

मृतक जैसवालको शव परिवारले बुझिसकेको बताइएको छ । जैसवाल अघिल्लो वर्षको भदौ महिनादेखि लागुऔषध मुद्दामा सजाय काटिरहेका थिए।

कारागारमा सोमबारसम्म ९ सय ९८ जना कैदी बन्दी तथा थुनुवाहरुले सजाय काटिरहेको कारागार व्यवस्थापनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?