+
+

बारामा दुलाहा-दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु, १२ घाइते

बाराको आदर्शकोतवाल गाउँपालिकामा दुलाहा-दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु भएको छ । आदर्शकोतवाल गाउँपालिका-३ बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी रामको मृत्यु भएको वडा अध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते २१:०१

१० माघ, वीरगञ्ज । बाराको आदर्शकोतवाल गाउँपालिकामा दुलाहा-दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु भएको छ ।

आदर्शकोतवाल गाउँपालिका-३ बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी रामको मृत्यु भएको वडा अध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिए ।

रथ अचानक तीव्र गतिमा कुदेको र अगाडी रहेका मानिसहरुलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष यादवले बताए ।

स्थानीय लक्ष्मण महरा चमारको विवाहका लागि तयार गरिएको रथ अचानक अनियन्त्रित भई किच्दा अन्य १२ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भिर छ ।

घाइतेहरुलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएको छ । बाराकै करैयामाई गाउँपालिका जन्ती जाने तयारी भइरहेको थियो ।

आदर्शकोतवाल गाउँपालिकामा रथले किचेर मानिसहरु हताहती भएको र उद्दार गरेर अस्पताल ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?