वाटफोर्डका प्रशिक्षक क्लाउडियो रानिएरी बर्खास्त
![२०७८ माघ ११ गते ११:०६](https://www.onlinekhabar.com/wp-content/themes/onlinekhabar-2021/img/clock-icon.png)
![वाटफोर्डका प्रशिक्षक क्लाउडियो रानिएरी बर्खास्त](https://www.onlinekhabar.com/wp-content/uploads/2022/01/Rani-yari.jpg)
११ माघ, काठमाडौं । प्रिमियर लिग क्लब वाटफोर्डले मुख्य प्रशिक्षक क्लाउडियो रानिएरीलाई सोमबार बर्खास्त गरेको छ ।
लिगमा खराब प्रदर्शनपछि वाटफोर्डले प्रशिक्षक नियुक्त भएको चार महिनापछि नै रानिएरीलाई बर्खास्त गरेको हो ।
रानिएरीको नेतृत्वमा वाट्फोर्डले १४ खेलमा मात्र २ जित निकालेको छ ।
शुक्रबार भएको पछिल्लो लिग खेलमा वाटफोर्ड नर्विचसँग ३-० ले पराजित भएको थियो ।
लिगमा १८ खेल बाँकी रहँदा वाटफोर्ड यस सिजन १४ अंक जोडेर रेलिगेसन क्षेत्रमा अर्थात अन्तिम ३ स्थानमा छ ।
वाटफोर्डले क्लबलाई समस्याबाट माथि उठाउन परिवर्तन आवश्यक रहेको भन्दै रानिएरीलाई बर्खास्त गरेको जनाएको छ ।
वाटफोर्डले गत अक्टोबरमाक सिस्को मुनोजलाई बर्खास्त गर्दै रानिएरीलाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
६९ वर्षीय इटालियन प्रशिक्षक रानिएरीले सन् २०१५/१६ को सिजन लेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए ।
प्रतिक्रिया 4