+
+

युथ क्याम्पसको बीसीए कार्यक्रमबारे छानबीन समिति गठन

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले युथ क्याम्पस जनकपुरलाई बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) कार्यक्रम सञ्चालनको लागि दिएको सम्बन्धन तथा खारेजीको विषयमा छानबीन गर्न समिति गठन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १७:२१

१३ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले युथ क्याम्पस जनकपुरलाई बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) कार्यक्रम सञ्चालनको लागि दिएको सम्बन्धन तथा खारेजीको विषयमा छानबीन गर्न समिति गठन गरेको छ ।

युथ क्याम्पसले बीसीए कार्यक्रम सञ्चालनका लागि अनुमति पाएको दुई महिनामा नै सम्बन्धन खारेज गरेपछि अनियमितता भएको प्रश्न उठेको थियो । क्याम्पस प्रमुख शिवनरायण झाले घुस नदिएका कारण सम्बन्धन खारेज भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

प्रक्रिया नपुगी स्वीकृति प्राप्त गरेकाले युथ क्याम्पसले पाएको बीसीएको सम्बन्धन खारेज भएको त्रिविको रजिस्ट्रार कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । तर सम्बन्धन खारेजीपछि अध्ययनरत विद्यार्थी व्यवस्थापन भइसकेको एक वर्षपछि यस्तो विषय उठ्नु र काम गर्ने जिम्मेवार पदाधिकारी माथि गलत आरोप लगाउनु गलत भएको रजिस्ट्रारको कार्यालयका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले उल्लेख गरेका छन् ।

युथ क्याम्पस, जनकपुरले कुनै शुल्क नबुझाई, आवश्यक प्रक्रिया पूरा नगर्दै विद्यार्थी भर्ना गरी कार्यक्रम सञ्चालन गरेको गुनासो आएपछि अनुगमन गरेको र त्यस क्रममा कलेजले असहयोग गरेको विज्ञप्तिमा जनाइएको छ ।

बीसीए कार्यक्रम सञ्चालन गर्न आवश्यक पूर्वाधारसमेत नभएको र सम्बन्धनसम्बन्धी नियम पनि नमानेकाले त्रिवि कार्यकारी परिषदको २०७७ फागुन १८ गते युथ क्याम्पसको बीसीए कार्यक्रम खारेज गरेको त्रिविले जनाएको छ ।

तर क्याम्पस प्रमुखले आफूलाई मर्का परेको भनी उपकुलपति कार्यालयमा निवेदन दिएपछि शिक्षाध्यक्षले छानबिन समिति गठन गरी स्थलगत अध्ययन गर्ने निर्णय गरेको थियो ।

हेर्नुस् त्रिभुवन विश्वविद्यालयबाट जारी गरिएको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?