+
+

ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी गर्नु आपत्तिजनक : निर्माण व्यवसायी महासंघ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १८:५८

१४ माघ, चितवन । चितवनमा गैँडा मरेको घटनामा सडक निर्माण गर्ने ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी गरेकामा निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

सडकको नाली लापरबाहीपूर्ण तरिकाले छाड्दा गैँडा मरेको भन्दै चितवन राष्ट्रिय निकुञ्जले इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि महासंघले आपत्ति जनाएको हो । गत माघ ९ गते भरतपुरको टिकौली जंगल छेउको प्रहरी विट अगाडि सडक विस्तारका लागि बनाइएको नालीमा फसेर एउटा गैँडा मरेको थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा प्राकृतिक घटनालाई तोडमोड गरी निर्माण व्यवसायीलाई लान्छना लगाइएको उल्लेख गरिएको छ । ‘उक्त निर्माण क्षेत्रमा गैंडाको प्राकृतिक आवतजावतको क्रममा भएको दुःखद निधनको तथ्यलाई तोडमोड गरी निर्माण व्यवसायी उपर प्रचलित कानून विपरीत हुने गरी अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गर्ने, दुःख हैरानी दिने कार्यबाट विभिन्न बाधा अड्चनका बाबजुद भौतिक पूर्वाधार निर्माण कार्यमा अहोरात्र खटिएका व्यवसायीहरूको मनोबल गिराउने काम भएको महासंघको ठहर छ’ विज्ञप्तिमा भनिएको छ ।

निर्माण स्थलमा कङ्क्रिटको नाली बनाइसकेपछि पूर्णरूपमा सेट हुनका लागि प्राविधिक रुपमा केही दिन खुल्लै राख्नुपर्ने प्रावधान रहेकोले नाली नपुरिएको महास‌ंघले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?