+
+

प्रेस सेन्टरका अध्यक्ष भन्छन्- जागिरबाट निकालिएकालाई पुनस्थापित गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १५ गते ११:५२

१५ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्र सम्बद्ध पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले आस्थाका आधारमा सञ्चार संस्थाबाट निकालिएका पत्रकारहरुलाई पुनःस्थापित गर्ने प्रतिबद्धता जनाएको छ ।

१८ औं स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा (जुगल)ले सो प्रतिबद्धता जनाएका हुन् ।

‘आस्थाको आधारमा हाम्रा कोही साथीहरुलाई निकालिएको छ भने हामी डटेर लड्छौं । हामी एक इन्च पनि पछि हट्दैनौं,’ सापकोटाले भने, ‘श्रमजिवीको पक्षमा हिजो पनि लडेका थियौं, अहिले पनि लडिरहेका छौं र भोलि पनि लडिरहने छौं । तलसम्मका हाम्रा साथीहरुलाई यही ढंगले गाइड गरौं ।’ कार्यक्रममा संगठनका नेताहरुले गोरखापत्र लगायतका संस्थाले आफ्ना कार्यकर्ताहरुलाई जागिरबाट निकालेको गुनासो गरेपछि सापकोटाले सो धारणा राखेका हुन् ।

उनले वडासम्म संगठन विस्तार गर्न पनि निर्देशन दिए । विधानले प्रदेशलाई दिएको अधिकार अनुसार आवश्यक निर्णय लिएर अगाडि बढ्न पनि उनले आग्रह गरे । उनले आगामी फागुनमा भौतिक उपस्थितिमै केन्द्रीय समितिको बैठक बस्ने योजना रहेको पनि सुनाए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहालले सकेसम्म सहमतिमा र सहमति नभए निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन गर्ने प्रक्रियाको पहल गर्न अध्यक्ष सापकोटालाई आग्रह गरेका थिए ।

कार्यक्रमको अन्त्यमा प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहालले प्रेस सेन्टर नेपालको वेबसाइट औपचारिक रुपमा शुभारम्भ पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?