+
+

कांग्रेस सम्बद्ध आदिवासी जनजाति संघका अध्यक्षले दिए राजीनामा, पार्टीबाट सहयोग नपाएको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १०:४५

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघका केन्द्रीय सभापति इन्द्रबहादुर गुरुङले राजीनामा दिएका छन् । पार्टीले आदिवासी जनजाति समुदायलाई सहयोग नगरेको भन्दै उनले राजीनामा दिएका हुन् ।

गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘आफ्नो विवेक र ल्याकतले भ्याएसम्म सक्रिय रहँदै आएको सन्दर्भमा पार्टीबाट आदिवासी जनजाति समुदायको पक्षमा खासै चासो र सहयोग प्राप्त हुन सकेको अवस्था छैन ।’

अघिल्लो सरकारले खारेज गरेको चाडपर्वका विदालाई अहिले कांग्रेस नेतृत्वको सरकारले मौन समर्थन गरेको भन्दै उनले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

गुरुङले लेखेका छन्, ‘नेपालका आदिवासी जनजाति समुदायहरुले विगतमा निरन्तरता पाउँदै आएको सार्वजनिक विदाहरु पुनर्स्थापित नहुँदा मैले नैतिक रुपमा नेपाल आदिवासी जनजाति संघको सभापति पदमा रही रहनु उचित ठानेको छैन ।’

उनले २०७४ फागुन २७ गते संशोधित विधान चार वर्ष पुग्न लाग्दा पनि आजसम्म पार्टीको केन्द्रीय कार्यसमितिले स्वीकृत नगर्दा आदिवासी जनजाति संघको महाधिवेशन गर्न नसकेको गुनासो पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?