+
+

खेम र नेत्रको जमेको सहकार्य : एकपछि अर्को गीत करोड क्लबमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १४:०६
गीतकार नेत्र अर्याल र गायक खेम सेन्चुरी

१६ माघ, काठमाडौं । लोकदोहोरी क्षेत्रमा गायक खेम सेन्चुरी र गीतकार नेत्र अर्यालको सहकार्य गज्जबले जमेको छ । यी दुईको सहकार्य रहेका थुप्रै गीतलाई स्रोता–दर्शकले रुचाएका छन् । नेत्रको शब्द, खेमको संगीत एवं स्वर रहेका एकपछि अर्को गीत युट्युबमा करोड क्लबमा पुगेका छन् ।

शुक्रबार मात्रै यी दुई जोडिएको गीत ‘सुर्ती माड्दै माड्दै गयो जोवन’ युट्युबमा करोड क्लबमा प्रवेश गरेको छ । नेत्रको शब्द, खेमको संगीत, खेम र समीक्षा अधिकारीको स्वर रहेको गीत ९ महिनाअघि सार्वजनिक गरिएको थियो । काजिश श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा पल शाह र समीक्षा अधिकारीको अभिनय छ ।

यसअघि यी दुईको सहकार्य रहेका ‘रमरम मरौटी’ करोड क्लबमा प्रवेश गरेको थियो । नेत्रको शब्द, खेमको संगीत, खेम र अस्मिता अधिकारीको स्वर रहेको गीतलाई स्रोता–दर्शकले निकै रुचाएका छन् । रामजी लामिछानेको निर्देशनमा अभिनेत्री पूजा शर्मा र मोडल ओबी रायमाझीको अभिनय रहेको भिडियोको भ्युज झण्डै २ करोड २० लाख पुगिसकेको छ ।

गत वर्षको तीजमा खेम र नेत्रले सहकार्य रहेको ‘सोचेझैं जिन्दगी रैनछ’ निकै चलेको थियो । नेत्रको शब्द, खेमको संगीत, खेम र मधु क्षेत्रीको स्वर रहेको गीतको भिडियोको भ्युज १ करोड ८४ लाख बढी छ । त्यस्तै यी दुईको सहकार्य रहेका ‘लरिलरिलै रुन्छु बरिलै’, ‘झ्यालमा पर्दा छ’लाई युट्युबमा करोड बढी हेरिएको छ । यी गीतको भिडियोको भ्युज क्रमशः १ करोड ५२ लाख र १ करोड ९६ लाख बढी छ ।

खेम र नेत्रको सहकार्य रहेका अन्य थुपै गीतले युट्युबमा ५० लाख बढी भ्युज पाएका छन् । नेत्रको शब्द रहेका झण्डै ७५ प्रतिशत गीतमा खेमसँग सहकार्य रहने गरेको छ । एक दशकदेखि सहकार्य गर्दै आएका खेम र नेत्रलाई गत वर्ष सर्वाधिक सफलता मिलेको हो । त्यसयता यी दुई लेखन र गायनको हिसाबले लोकदोहोरी क्षेत्रमा सर्वाधिक व्यस्त मानिन्छन् । विगतको असफलतादेखि अहिलेको सफलतामा यी दुईको सहकार्य उत्तिकै जमिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?