+
+

‘बिग बोस १५’को उपाधि तेजस्वी प्रकाशलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते ११:४९

१७ माघ, काठमाडौं । भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘बिग बोस १५’को विजेता तेजस्वी प्रकाश बनेकी छन् । आइतबार भएको फाइनलमा कार्यक्रम सञ्चालक अभिनेता सलमान खानले तेजस्वीलाई विजेता घोषणा गरे ।

उनले ट्रफीसँगै ४० लाख भारतीय रुपैयाँ पुरस्कार पाएकी छन् । यस्तै प्रतीक सहजपाल फस्ट रनरअप भएका छन् । अन्तिम चारमा तेजस्वी र प्रतीकसहित निशान्त भट्ट र करण कुन्द्राले स्थान बनाएका थिए । तर निशान्तले १० लाख रुपैयाँ लिएर शो छाडेका थिए ।

यसपटकको ‘बिग बोस’ टीआरपीको हिसाबले भने कमजोर बन्न पुग्यो । यसैले यसपटक सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पनि शोको खासै चर्चा भएन ।

कार्यक्रममा ‘बिग बोस’का अघिल्ला सिजनका केही विजेताहरु पनि उपस्थित थिए । कार्यक्रममा ‘बिग बोस १३’का विजेता सिद्धार्थ शुक्लालाई टिब्युट दिइएको थियो । कलाकार शहनाजले आफ्नो नृत्यको माध्यमबाट उनलाई टिब्युट दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?