+
+

मोरङमा बर्ड फ्लू देखिएपछि कुखुरा नष्ट

मोरङका दुई कुखुरा फर्ममा बर्ड फ्लू देखिएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा रहेको एक-एक फर्ममा बर्ड फ्लू देखिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १३:०१
फाइल तस्वीर

१७ माघ, विराटनगर । मोरङका दुई कुखुरा फर्ममा बर्ड फ्लू देखिएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा रहेको एक-एक फर्ममा बर्ड फ्लू देखिएको हो ।

ग्रामथान गाउँपालिका-१ को खुनियाकट्टा र बुढीगंगा–५ मा रहेको लेयर्स कुखुरा फर्मका कुखुरामा बर्ड फ्लू देखिएको हो । बर्ड फ्लू देखिएपछि दुवै स्थानका कुखुरा नष्ट गरिएको छ । थप दुई स्थानमा पनि बर्ड फ्लूको आशंका गरिएको छ ।

ग्रामथान-१ मै रहेको थप एक कृषि फर्म र कटहरी गाउँपालिका–७ मा रहेको फर्मका कुखुरा मरेपछि बर्ड फ्लूको आशंका गरिएको हो । ती स्थानमा रहेका कुखुराको जाँच गरिएको छैन ।

बुढीगंगामा रहेको फर्मममा पाँच हजार कुखुरामध्ये तीन हजार ५०० कुखुरा मरेपछि जाँच गर्दा बर्ड फ्लू देखिएको थियो । ग्रामथान गाउँपालिका–१ का वडाध्यक्ष नमोनारायण माझीले बर्ड फ्लू देखिएपछि लेयर्स कखुराको फर्ममा रहेका कुखुरा नष्ट गरिएको बताए ।

बढीगंगा गाउँपालिका-५ का अध्यक्ष रमेश खनालले आफ्नो वडामा रहेको एउटा कृषि फर्ममा बर्ड फ्लू देखिएको जानकारी दिए । बर्ड फ्लू देखिएपछि स्थानीय प्रशासनले कुखुरा र पन्छीको आयात निर्यातमा कडाइ गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?