+
+

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १४:०५

१७ माघ, काठमाडौं । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रक्रिया शुरु गरेको छ ।

मन्त्रालयका अनुसार सरकारले अघिल्लो आर्थिक वर्षमै तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रक्रिया अगाडि बढाउने घोषणा गरेको थियो ।  सोही घोषणाा अनुसार प्रक्रिया थालिएको मन्त्रालयले जनाएको छ । सो क्रममा चार किल्ला तोकेर नक्सार तयार पारिएको छ । यस क्षेत्रलाई सरकारले ‘संरक्षित स्मारक क्षेत्र’ घोषणा गर्नेछ । सो क्षेत्रको सिमांकन समेत सम्पन्न भई स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाउने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले अघिल्लो आवमै कपिलवस्तुको तिलौराकोटसहित धनुषाको रामजानकी मन्दिर र नवलपरासीको रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउने घोषणा गरेको थियो ।

विश्व सम्पदा सूचीमा राख्ने निकाय भने संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) हो । युनेस्को अन्तर्गत रहने हेरिटेज कमिटीले सम्पदाबारे हरेक वर्ष नयाँ थप गर्ने, खतराको सूचीमा राख्ने र खतराको सूचीबाट हटाउने निर्णय गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?