+
+

आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ माघ १७ गते १४:२६

१७ माघ, काठमाडौं । नेपाल आयाल निगमको कार्यकारी निर्देशक बन्नका लागि १७ जना आकाङ्क्षीले निवेदन दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त पदका लागि गत २५ पुसमा आवेदन खुलाएको थियो । २४ पुसदेखि रिक्त रहेको उक्त पदका लागि निवेदन दिन मन्त्रालयले माघ १६ गतेसम्म समय दिएको थियो ।

आवेदन दिनेहरुमा उद्योग विभागका पूर्वमहानिर्देशकदेखि नागरिक उड्यान प्राधिकरणका बहालवाला अधिकारी, निगमका पूर्वकर्मचारी, सक्तारुढ कांग्रेस निकटका व्यक्तिहरु रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार आवेदकहरु जीवन प्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा.डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का र लोकराज पाठकले निवेदन दिएका छन् । यस्तै निगमको कार्यकारी बन्ने दौडमा कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरन्जन दास, रामदेव यादव, डा. चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द पनि छन् । भुपेन्द्रकुमार अर्याल र सन्जय कुमारले पनि सो पदमा आवेदन दिएको मन्त्रालयले जनाएको छ ।

आवेदक मध्ये अधिकांश नाम तीन वर्षअघि पनि परेका व्यक्तिहरु रहेको मन्त्रालय स्रोतले बतायो । त्यसबाहेक उद्योग विभागमा लामो समय महानिर्देशकका रुपमा रहेर निजामती सेवाबाट सेवानिवृत्त जीवनप्रकाश सिटौलाले निगमको कार्यकारी पदका लागि आवेदन दिएका छन् ।

कार्यकारी पदको खुल्ला प्रतिस्पर्धाका लागि आवेदन गर्नेहरुको नामावलीमा उनको नाम एक नम्बरमा छ । यस्तै, विशेष आर्थिक क्षेत्र सेजका बहालवाला कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट पनि निगमको कार्यकारीको दौडमा छन् । मन्त्रालयले निकालेको आवेदक सूचीमा उनको नाम ११ औं नम्बरमा छ । डा. लक्ष्मण पौडेल पुल्चोक इन्जिनियरिङ कलेजका प्रोफेसर हुन् भने चित्तरन्जन दास निगमका पूर्वकर्मचारी हुन् । यस्तै उमेश थानी नेपाल विद्युत प्राधिकरणका पूर्वसञ्चालक हुन् ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?