+
+

नियन्त्रित औषध २०,८१५ क्‍याप्सुल ट्रामाडोल बरामद, पाँचजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १६:३५

१७ माघ, काठमाडौं । प्रहरीको लागु औषध नियन्त्रण ब्‍यूरोले नियन्त्रित औषध ट्रामाडोलसहित पाँचजनालाई पक्राउ गरेको छ ।

उपत्यकामा लागूऔषध ट्रामाडोलको अवैध कारोबार भइरहेको सूचनाको आधारमा ब्‍यूरोले काठमाडौंको छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोकुलदगंगा गाउँपालिका-१ घर भई सिफल बस्‍दै आएका सुनिल भन्‍ने २५ वर्षीय निमा दोर्जे शेर्पा, चैनपुर नगरपालिका-८ बझाङ घर भई हाल काठमाडौंको गोकर्णेश्वरमा बस्‍दै आएका २९ वर्षीय उमेश कुमार केसी, म्यगङ गाउँपालिका-५ नुवाकोट घर भएका ३४ वर्षीय राजाराम दवाडी र मध्‍यनेपाल नगरपालिका-1लमजुङ घर भई टोखा बस्‍दै आएका ३८ वर्षीय बद्रीनाथ पौडेल रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले २० हजार ८१५ क्‍याप्सुल नियन्त्रित लागु औषध बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई औषधि ऐन २०३५ अनुसार कारबाहीका लागि औषधि व्‍यवपस्था विभाग बिजुलीबजार पठाइएको लागु औषध नियन्त्रण ब्‍यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?