+
+

भरतपुर–१५ मा बन्ने भयो शिक्षक अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १९:३१
प्रतीकात्मक तस्वीर

१७ माघ, काठमाडौं । शिक्षक अस्पताल चितवनको भरतपुर महानगरपालिका–१५ मा बन्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अस्पताल निर्माणका लागि २१ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समितिले ३०० शय्याको शिक्षक अस्पताल बनाउन भरतपुरका साथै भक्तपुर र मकवानपुर प्रस्ताव गरेको थियो । शिक्षाा मन्त्रालयले भने भरतपुरमा अस्पताल बनाउने प्रस्ताव लगेको र मन्त्रिपरिषद् बैठकले जग्गा प्राप्तिका लागि सैद्धान्तिक सहमति दिएको एक मन्त्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?