+
+

सर्वोच्चमा सेवा कटौतीलाई माघ २८ गतेसम्म निरन्तरता

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १७:३२

१८ माघ, काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका कारण माघ ४ गतेदेखि गरेको सेवा कटौतीलाई थप १० दिन निरन्तरता दिने भएको छ । मंगलबार बसेको सर्वोच्चको पूर्णबैठकले माघ २८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

सर्वोच्चले हाल बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्त्वका मौलिक हकसम्बन्धी रिट सुनुवाइ गरिरहेको छ ।

त्यस्तै मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी, मुलुकी फौजदारी संहिता २०७४ को दफा ७३, १३७ (६) र १५५ बमोजिमका थुनुवा रहेका व्यक्तिहरूको निवेदन र प्रतिवेदनउपर पनि सुनुवाइ गरिरहेको छ ।

सर्वोच्चले थुनुवा भएकाहरूको मुद्दा, हेर्दाहेर्दै र निर्णय सुनाउने क्रममा रहेको मुद्दा, नेपाल सरकारका तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको पनि सुनुवाइ गरेको छ । यीबाहेकका अरू सेवा भने महामारीका कारण बन्द गरिएको छ ।

हेर्नुहोस् सूचना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?