+
+

तीनकुनेमा पुलबाट नदीमा खसेका दुई जनाको उद्धार

काठमाडौंको तीनकुनेमा बनाउँदै गरेको पुलबाट मोटरसाइकल र त्यसमा सवार दुई जना नदीमा खसेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते २०:२५

१८ माघ, काठमाडौं । काठमाडौंको तीनकुनेमा बनाउँदै गरेको पुलबाट मोटरसाइकल र त्यसमा सवार दुई जना नदीमा खसेका छन् ।

निर्माणाधीन पुलबाट जाँदै गरेको मोटरसाइकल वागमती नदीमा खसेको प्रहरीले जनाएको छ । मंगलबार साँझ नदीमा खसेका दुई जनालाई उद्धार गरी प्रहरीले निजामती कर्मचारी अस्पतालमा पठाएको छ ।

प्रहरी वृत्त बानेश्वरका डीएसपी मीमबहादुर लामाका अनुसार उक्त दुर्घटनामा एक महिला र एक पुरुष घाइते भएका छन् । उनीहरुको नाम खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?