१८ माघ, काठमाडौं । काठमाडौंको तीनकुनेमा बनाउँदै गरेको पुलबाट मोटरसाइकल र त्यसमा सवार दुई जना नदीमा खसेका छन् ।
निर्माणाधीन पुलबाट जाँदै गरेको मोटरसाइकल वागमती नदीमा खसेको प्रहरीले जनाएको छ । मंगलबार साँझ नदीमा खसेका दुई जनालाई उद्धार गरी प्रहरीले निजामती कर्मचारी अस्पतालमा पठाएको छ ।
प्रहरी वृत्त बानेश्वरका डीएसपी मीमबहादुर लामाका अनुसार उक्त दुर्घटनामा एक महिला र एक पुरुष घाइते भएका छन् । उनीहरुको नाम खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4