+
+

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते ११:३०

१९ माघ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे भक्तपुरको एक पार्टी प्यालेसमा बस्ने छ ।

एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन सन्चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे पनि छलफल हुने एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?