+
+

आगलागीबाट नौ गोठ जल्दा नौ लाख बराबरको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १४:२८

१९ माघ, वीरगञ्ज । बारामा आगलागी हुँदा नौवटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट नौ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

बारागढी गाउँपालिका–२ विसुनपुर्वा टोलमा आगलागी हुँदा नौ वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रेमलाल चौधरी, जयप्रकाश चौधरी, लिला बति थरुनी, उर्मिला चौधरी, देब कान्त चौधरी, सुरेश दास, कान्चादास, लक्ष्मणदास र शंकरप्रसाद जयसवालको खरले छाएको गोठमा पूर्णरुपमा क्षति पुगेको छ ।

अचानक आगलागी हुँदा खरले छाएको एकतले गोठमा राखिएका काठका फर्निचर, झ्याल ढोका, दाउराहरू जलेर नौ लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

राति पौने १२ बजेतिर लागेको आगो स्थानीय र सुरक्षाकर्मी मिलेर दुईघण्टापछि नियन्त्रणमा लिएका थिए । त्यस्तै बाराको आदर्शकोतवाल गाउँपालिका–४ ईनर्वामल बस्ने अतबुल खा पैठानको घर अगाडि थुपारी राखेको परालमा आगलागी हुँदा ३५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?