+
+

स्थानीय चुनाव घोषणाका लागि सरकारलाई दबाव दिने एमालेको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १७:२६

१९ माघ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचन घोषणाका लागि सरकारलाई दबाब दिने भएको छ ।

बुधबार बसेको एमाले सचिवालयको बैठकले संविधान र कानुनअनुसार तत्काल स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्नेमा जोड दिएको छ । बैठकले चुनाव घोषणाका लागि दबावमुलक कार्यक्रम गर्न काठमाडौंमा केन्द्रीय कार्यालयको व्यवस्थापनमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।

साथै सातै प्रदेशमा पनि भेला गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । उनले भने, भोलि नै मिति घोषणा भयो भने एउटा कुरा होला, होइन भने चुनाव गराउन पार्टीकै नै दबावमुलुक कार्यक्रम गर्छौं ।’

अहिले एमालेको जनवर्गीय संगठनहरुले दबावमुलक कार्यक्रम गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?