+
+

एमसीसीका कारण गठबन्धन टुट्ने अवस्थामा पुगेको छ : सीपी गजुरेल

नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १७:५२

१९ माघ, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन् । नेता गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको टिप्पणी गरे ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अंग असफल भइसकेको दावी समेत गरे ।

‘अहिले एमसीसीको सकंट हेर्नुस् त । गठबन्धन अहिले टुट्ने हो कि भरे टुट्ने जस्तो भइराखेको छ । कार्यपालिकामा संकट छ । व्यवस्थापिकाका संकट छ’ गजुरेलले भने ।

नेता गजुरेलले मुलुकको अर्थतन्त्र समेत ‘कोल्याप्स’ हुने अवस्था पुगेको उल्लेख गर्दै यो संकटबाट मुलुकलाई निकास दिन कम्युनिष्ट क्रान्तिकारीहरु सहकार्यका साथ अघि बढनुको विकल्प नरहेको बताए ।

तर उनले दक्षिणपन्थी अवसरवादमा पतन भएकाले प्रचण्ड र विप्लवहरुसँग आफ्नो पार्टीले एकता गर्ने कुनै सम्भावना नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?