+

राखेप सदस्य सचिवको विवाद छिटो किनारा लगाउन दबाव

२०७८ माघ  १९ गते १८:४८ २०७८ माघ १९ गते १८:४८
राखेप सदस्य सचिवको विवाद छिटो किनारा लगाउन दबाव

१९ माघ, काठमाडौं। सदस्य सचिव नियुक्तिसम्बन्धी विवादका कारण राष्ट्रिय खेलकुद परिषद (राखेप) को काम प्रभावित भएको भन्दै खेलाडीहरुले विरोध जनाएका छन् ।

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको नाममा राखेपको काम कारबाही रोकिदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको तयारी रोकिएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद- कर्मचारी संघले विरोध जनाएका हुन् ।

उनीहरुले बुधबार संयुक्त विज्ञप्ति निकाल्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) को परिसरमा शान्तिपूर्ण बिरोधको कार्यक्रम गर्ने जनाएका छन् । सरकारले राष्ट्रिय खेलकुद परिषदका तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई हटाएर टंकलाल घिसिङलाई नियुक्त गरेको थियो ।

तर सिलवालले दिएको रिटको सुनुवाइ गर्दै सर्वोच्चले सदस्य सचिव नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न अन्तरकालीन आदेश जारी गरेको थियो । तर त्यसपछि रिटको सुनुवाइ नहुँदा सदस्य सचिवको काम कसैले गर्न पाएका छैनन् ।

रिटको सुनुवाई नहुँदा खेलकुद अनिर्णयको बन्दी बनेको र एसियाली खेलकुदको तयारी, नवौं राष्ट्रिय खेलकुद, १४ औं साग र अन्य प्रतियोगिताको तयारीमा असर पुगेको विज्ञप्तिमा जनाइएको छ ।

हेर्नुस्  विज्ञप्ति 

राखेप सदस्य सचिव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय