+

गोलकिपर किरण माल्दिभ्स फर्किए

२०७८ माघ  २० गते १६:३७ २०७८ माघ २० गते १६:३७
गोलकिपर किरण माल्दिभ्स फर्किए

२० माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बु व्यावसायिक फुटबल खेल्न बिहीबार माल्दिभ्स गएका छन् । यसै सिजन माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड आरसीमा आवद्ध भएका किरण राष्ट्रिय टिमबाट मरिससविरुद्ध मैत्रीपूर्ण खेल खेल्न गत साता नेपाल आएका थिए ।

किरणको कप्तानीमा नेपालले दशरथ रंगशालामा भएको दुवै खेलमा अफ्रिकी देश मरिससलाई समान १-० ले हराएको थियो । किरणलाई एन्फाले बुधबारै बिदाइ गरेको थियो । किरण यसै सिजनका लागि माल्दिभ्सको माजियामा अनुबन्ध भएका हुन् । उनले यसअघि टिसी स्पोर्ट्स क्लबबाट पनि त्यहाँको लिग खेलेका थिए ।

किरणले माजियाबाट यस सिजन च्यारिटी शिल्डको उपाधि जितिसकेका छन् । प्रेसिडेन्ट कपको फाइनलमा भने किरण सम्मिलित टिम क्लब भ्यालेन्सियासंग पराजित भएको थियो । मछिन्द्रबाट क्लब फुटबल शुरु गरेका किरणले थ्रीस्टार र मनाङ मर्स्याङदीजस्ता चर्चित क्लबबाट घरेलु फुटबलका विभिन्न प्रतियोगिता खेलिसकेका छन् ।

उनले सन् २०१७ देखि भने विदेशी क्लबबाट फुटबल खेल्दै आएका छन् । राष्ट्रिय टिमबाट सर्वाधिक ८१ खेल खेलेका किरणले २५ क्लिन सिट राखेका छन् ।

किरणकुमार लिम्बु फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०