+
+

धिरजलाई एकपछि अर्को फिल्मको अफर

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १६:४४
अभिनेता धिरज मगर । फाइल तस्वीर

२० माघ, काठमाडौं । अभिनेता धिरज मगरले आफ्नो करिअरको दोस्रो चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सकाएको लामै समय भयो । यो चलचित्र रिलिजको पर्खाइमा रहेको बेला उनले अर्को चलचित्र ‘बाबरी’को छायांकन सकाएका छन् ।

धिरजलाई लिएर चलचित्र बनाउन चाहने मेकरहरुले उनलाई अफर गरिरहेका छन् । एकपछि अर्को चलचित्रको अफर आइरहँदा धिरज अन्योलमा पनि देखिन्छन् ।

धिरजले अभिनेत्री जसिता गुरुङसँग चलचित्र ‘आई एम ट्वान्टी वान’मा सहकार्य गरेका छन् । जसिताले भने यो चलचित्रपछि नयाँ चलचित्र साइन गरेकी छैनन् । उनी केही वर्षअघि साइन गरेको निर्माता भुवन केसीको चलचित्र ‘एन्टी हिरो’कै प्रतीक्षामा छिन् । भुवनले यो चलचित्र घोषणा गरेपछि अरु दुईवटा चलचित्र निर्माण गर्ने तयारीसमेत गरिसकेका छन् ।

पहिलो चलचित्र ‘लिलिबिली’बाट राम्रै चर्चा पाएपनि जसितालाई दोस्रो चलचित्र ‘लभ स्टेसन’ले फाइदा गरेन । तेस्रो चलचित्र रिलिजको मिति पक्का नहुँदा जसिता भने अलमलमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?