२० माघ, काठमाडौं। अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) का नेता अबु इब्राहिम अल-हाशिमी अल कुरेशी मारिएको दाबी गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आईएसका नेता कुरेशी मारिएको दाबी गरेका हुन् । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा अमेरिकी सेनाले गरेको आक्रमणमा कुरेशी मारिएको दाबी गरिएको छ ।
‘हाम्रा ती सिपालु र वीर सैनिकहरुलाई धन्यवाद छ, हामीले अबु इब्राहिम अल हसिमी अल कुरेसीको युद्ध क्षेत्र कब्जा गरेका छौं’ बाइडेनले विज्ञप्तिमा भनेका छन् । उनले यो सैन्य कारबाहीमा सहभागी अमेरिकीहरु सकुशल रहेको पनि उल्लेख गरेका छन् ।
यो सैन्य कारबाहीको वाइडेनले आफ्ना उपराष्ट्रपति र राष्ट्रपतिका सुरक्षा सल्लाहकार टिमका सदस्यहरुसँगै बसेर अनुगमन गरेका थिए ।
उक्त सैन्य कारबाहीमा ६ बालबालिका र चार महिलासहित थप १३ जनाको मृत्यु भएको छ । गत अक्टोबर २०१९ मा इस्लामिक स्टेटका अर्का नेता अबु बकर अल-बग्दादी मारिएयता यो सबैभन्दा ठूलो उपलब्धि भएको अमेरिकाले जनाएको छ ।
प्रतिक्रिया 4