२१ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी फागुनमा हुने वार्षिक साधारणसभाको लागि सार्वजनिक सूचना जारी गर्दै एजेन्डाहरू सार्वजनिक गरेको छ ।
यही माघ १२ गते भैरहवामा बसेको क्यान बोर्ड बैठकले वार्षिक साधारणसभा फागुन दोस्रो साता धनगढीमा गर्ने निर्णय गरेको थियो । क्यानले शुक्रबार जारी गरेको सार्वजनिक सूचना अनुसार आगामी वार्षिक साधारणसभा फागुन १३ र १४ गते धनगढीको रुबस होटलमा हुनेछ ।
साधारणसभाले आर्थिक वर्ष २०७७-७८ को वार्षिक लेखापरिक्षण प्रतिवेदन अनुमोदन गर्ने, चालू आर्थिक वर्षका लागि वार्षिक लेखापरीक्षक नियुक्ति गर्ने, सन् २०२२ को कार्यक्रम र बजेट बारे छलफल गर्ने, संघको आर्थिक नियमावली र कार्यविधि सम्बन्धमा पनि छलफल हुने जनाएको छ । नयाँ जिल्ला संघहरूलाई मान्यता दिने, केन्द्रीय समितिमा रिक्त पदहरूमा पदपूर्ति गर्नेलगायत कार्यसूची रहने सूचनामा उल्लेख छ ।
यस्तै सो मितिमा कोरोना महामारीका कारण भौतिकरूपमा उपस्थित भई संघको वार्षिक साधारणसभा आयोजना गर्ने सम्भावना नभएको अवस्थामा सोही मितिमा नै भर्चुअल रुपमा आयोजना गरिने क्यानले जनाएको छ ।
साधारणसभाका एजेन्डाहरू :
१) आ.व. २०७७/०७८ को वार्षिक लेखापरिक्षण प्रतिवेदन अनुमोदन सम्बन्धमा ।
२) आ.व. २०७८ / ०७९ को वार्षिक लेखापरिक्षकको नियूत्ति गर्ने ।
३) सन् २०२२ को कार्यक्रम र बजेट बारे ।
४) नेपाल क्रिकेट संघको आर्थिक नियमावली र कार्यविधी सम्बन्धमा ।
५) विभिन्न समितिहरूको TOR एवं Code of Conduct सम्वन्धमा
६) नयाँ जिल्ला संघहरूलाई मान्यता दिने सम्वन्धमा ।
७) केन्द्रीय समितिमा रिक्त पदहरूको पदपूर्ति सम्बन्धमा । विविधलगायत विषयमा संघको विधानको परिच्छेद ५ को धारा ११ (ण) बमोजिम थप विषयहरूमा प्रतिनिधीहरूलाई जानकारी गराइन्छ ।
प्रतिक्रिया 4