+
+

प्रदेश-१ मा मन्त्रालय बढाएकामा एमालेको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १५:४१

२१ माघ, मोरङ । प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएर १२ पुर्‍याएकामा प्रमुख विपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ ।

नेकपा एमाले प्रदेश-१ संसदीय दलको नेता भीम आचार्यले विज्ञप्ति जारी गर्दै प्रदेश सरकार जनविरोधी र वाइह्यात रहेको आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ नेकपा एमाले संसदीय दल सरकारको यस्तो जनविरोधी रवैयाको निन्दा र भर्त्सना गर्दछ र यस्ता कामहरु अविलम्ब रोक्‍न तथा बाढी-पहिरो पीडित जनताको राहतको निम्‍ति अघिल्लो सरकारले गरेका निर्णयहरु कार्यान्वन गर्न आह्वान गर्दछ।’

यस्तै महामारीविरुद्धको खोप कार्यक्रम व्‍यवस्थित गर्न, प्रदेश सभाले पारित गरेको नीति कार्यक्रम कार्यान्वयन गर्न किसानलाई सुलभ तरिकाले मल, बीउ उपलब्ध गराउन तथा राजस्व नीतिमा सुधार ल्‍याउँदै बजेटको आकार दोब्बरले वृद्धि गरी विकास र राहत अभियानलाई तीव्रता दिन नेकपा एमाले प्रदेश-१ ले प्रदेश सरकारले आग्रह गरेको छ ।

हेर्नुस् नेकपा एमाले प्रदेश-१ संसदीय दलले निकालेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?