+
+

कृष्णनगरका मेयर शाह कांग्रेस प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २२ गते १६:०३
नेपाली कांग्रेसमा प्रवेश गर्दै कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह। पार्टी प्रवेश गर्ने क्रममा मेयर शाहलाई कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह लगायतले माला लगाएर स्वागत गर्दै । तस्वीर : रासस

२२ माघ, बुटवल। कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नगरप्रमख शाहसहित कृष्णनगरका तीनजना वडा अध्यक्ष समेत कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं. ३ का कांग्रेस सांसद अभिषेक प्रताप शाहले पार्टीमा स्वागत गरेका छन् ।

शाहसहित एक हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ । नगरप्रमुख शाह सांसद शाहका नातेदार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?