+
+

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, १,७१४ संक्रमित थपिए

उपत्यकामा घट्न थाले संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २२ गते २०:२७

२२ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । १ हजार ७१४  जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ५१३ नमुना परीक्षण गरिएको थियो । ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी एक हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा चार हजार ७७१ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर ५२ हजार ७८० संक्रिय संक्रमित छन् । जसमध्‍ये ५१ हजार ४३४ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३४६ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २५१ जनाको आईसीयू र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

शनिबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९९ हजार ३०३ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ भने ९ लाख ६३९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकामा घट्न थाले संक्रमित

यस्तै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्न थालेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्‍ये काठमाडौंका ३१६, ललितपुरका १०४ र भक्तपुरका ४३ जना संक्रमित छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यका बाहेक सबैभन्दा धेरै कास्कीमा ६५, मोरङमा ६१, काभ्रेपलाञ्चोकमा ४७, नुवाकोटमा ४४, सुनसरीमा २८ तथा चितवन र कैलालीमा २६/२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मकवानपुर, पाल्पा र रुपन्देहीमा २०/२० जना, दाङमा १८, झापा, दादिङ र कञ्‍चनपुरमा १४ जना, तनहुँमा १३, स्याङजामा १२ तथा धनकुटा, धनुषा र गोरखामा १०/१० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?