+
+

हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार विष्ट र अर्याललाई

रासस रासस
२०७८ माघ २२ गते २०:२९

२२ माघ, काठमाडौं । हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरष्कार चौतारीका पूर्व अध्यक्षद्वय राजेन्द्र अर्याल र गगन विष्टलाई प्रदान गरिने भएको छ ।

प्रेस चौतारी नेपालको स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा श्रीधर आचार्यको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसअनुसार २०७७ र २०७८ सालको पत्रकारिता पुरस्कार पाउनेहरूको नामह घोषणा गरिएको हो ।

जसअनुसार हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरष्कार चौतारीका पूर्व अध्यक्षद्वय राजेन्द्र अर्याल र गगन विष्टलाई प्रदान गरिएको छ । अर्याललाई २०७७ र विष्टलाई २०७८ सालको पुरस्कार प्रदान गरिने भएको छ ।

अग्निशिखा पत्रकारिता पुरष्कार २०७७ सालको कृष्णविनोद लम्साल र २०७८ सालको झलक सुवेदी, डेकेन्द्र थापा पत्रकारिता पुरष्कार २०७७ सालको सागर पण्डित र २०७८ सालको हिरा परियारलाई प्रदान गरिने छ । वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरष्कार २०७७ सालको केपी गौतम र २०७८ सालको अनुप तिवारी, पदमलक्ष्मी–सावित्री स्मृति पत्रकारिता पुरष्कार २०७७ सालको अब्दुल्ला मियाँ र २०७८ सालको शिवराज भट्टलाई तथा चन्द्र न्यौपाने–शान्तिराम कार्की पत्रकारिता पुरष्कार शान्ति गुरूङलाई प्रदान गरिने छ ।

आगामी फागुनमा पोखरामा हुने प्रेस चौतारीको महाधिवेशनमा पुरस्कार प्रदान गरिने प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?