+

राकिटिकले पेनाल्टीमा गोल गर्न नसक्दा सेभिया बराबरीमा रोकियो

२०७८ माघ  २३ गते ८:०० २०७८ माघ २३ गते ८:००
राकिटिकले पेनाल्टीमा गोल गर्न नसक्दा सेभिया बराबरीमा रोकियो

२३ माघ, काठमाडौं । इभान राकिटिकले इन्जुरी टाइममा पेनाल्टीमा गोल गर्न नसक्दा सेभियाले स्पानिस ला लिगामा ओसासुनासंग गोलरहित बराबरी खेलेको छ ।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसके पनि इन्जुरी टाइममा सेभियाले तीन अंक जोड्ने अवसर पाएको थियो ।

ओसासुनाका मानुएल सान्चेजेल जुल्स कोन्डेलाई फाउल गरेपछि भिएआरको सहयोगमा रेफ्रीले सेभियालाई पेनाल्टी प्रदान गरेका थिए । तर राकिटिकको पेनाल्टी प्रहार ओसासुनाका गोलकिपर सर्जियो हेरेरलाई बचाए ।

बराबरीपछि सेभियाले शीर्ष स्थानको रियल मड्रिडसँग अंक दूरी कम गर्ने अवसर गुमाएको छ । सेभिया २३ खेलबाट ४७ अंकसहित दोस्रो स्थानमा छ । एक खर्ल कम खेलेको रियलको ५० अंक छ । ओसासुना २३ खेलबाट २९ अंकसहित १२औं स्थानमा छ ।

पेनाल्टी सेभिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय