+
+

एमसीसीबारे धारणा बनाउन माओवादी केन्द्र आन्तरिक छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १४:१६
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ/फाइल तस्वीर

२३ माघ, काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे धारणा बनाउन नेकपा माओवादी केन्द्र आन्तरिक  लफलमा जुटेको छ ।

एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पठाएको पत्र र देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको हो ।

नेता नारायणकाजी श्रेष्ठका अनुसार माओवादी केन्द्रले एमसीसीबारे आन्तरिक छलफल गरेर स्पष्ट धारणा तय गर्नेछ ।

आइतबार बिहान माओवादी नेताहरुले प्रधानमन्त्री देउवासँग पटि नेलिफोन वार्ता गरेका थिए । टेलिफोन वार्ताकाका क्रममा प्रधानमन्त्री समक्ष माओवादी नेताहरुले एमसीसीलाई लेखेको पत्र सार्वजनि गरेकोमा आपत्ति जनाएका थिए ।

अनलाइनखबरले आइतबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक गरेको थियो । पत्रमा दुबै नेताले एमसीसी अनुमोदन गर्न समय मागेका थिए ।

देउवा र प्रचण्डले पठाएको पत्र कार्यान्वयन गर्न भन्दै एमसीसीले पनि देउवा र प्रचण्डलाई पत्र पठाएका थिए । जवाफी पत्रमा मागेको समय घर्किन लागेको स्मरण गराइएको छ ।

दुबै पत्र सार्वजसनक भएपछि एमसीसीमा माओवादीको धारणा के हो ? भन्ने प्रश्न उब्जिएका बेला माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको हो । माओवादी केन्द्रका नेताहरुले सार्वजनिक रुपमा भने एमसीसी संशोधनविना पास गर्न नहुने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?