+
+

जसपाका केन्द्रीय नेता पाठकको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १५:१४

२३ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता तथा जसपाका केन्द्रीय नेता प्रेमकृष्ण पाठकको ८२ वर्षको उमेरमा निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार पाठकको ह्याम्स अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो ।

२०४२ सालसम्म रामराजप्रसाद सिंहको जनवादी मोर्चामा आवद्ध नेता पाठक गणतन्त्रवादी नेताका रुपमा चर्चित थिए ।

पछिल्लो समय जसपामा आवद्ध पाठकका एक छोरा र एक छोरी छन् ।

उनको आजै ३ बजे पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने स्वर्गीय पाठककी छोरी नम्रता शर्माले जानकारी दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?