+
+

माओवादी नेता श्रेष्ठ भन्छन् : यथास्थितिमा एमसीसी स्वीकार गर्न सकिँदैन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १५:४९

२३ माघ, काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) यथास्थिति स्वीकार गर्न नसक्ने बताएका छन् ।

एमसीसी अनुमोदनका लागि समय माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर लेखेको पत्र सार्वजनिक भएपछि प्रचण्ड दबाबमा छन् । तर यो पत्र सार्वजनिक भएका कारण माओवादीको दृष्टिकोण र अडान फरक नपर्ने भन्दै श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गर्न र संसदीय अनुमोदन प्रक्रिया अघि बढाउन मिल्दैन, सकिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?