+
+

राजकीय सम्मानका साथ लता मंगेशकरको अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते २०:५०

२३ माघ, काठमाडौं । प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मुम्बईको शिवाजी पार्कमा आइतबार साँझ लताको पार्थिव शरीरको अन्त्येष्टि गरिएको हो ।

आफ्नो जादुमय आवाज र गायकीबाट विश्व चर्चित बनेकी लताको आइतबार बिहान ८ बजेर १२ मिनेटमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कोरोना संक्रमण र निमोनिया भएपछि २९ दिनदेखि उनको अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

अन्त्येष्टि कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, संगीतकर्मी, बलिउडकर्मी, सर्वसाधारण लगायत हजारौंको उपस्थिति थियो ।

उनको निधनको शोकमा भारत सरकारले दुई दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । दुई दिनसम्म सबै सरकारी, कूटनीतिक तथा महत्वपूर्ण कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

२८ सेप्टेम्बर १९२९ मा मध्यप्रदेशको इन्दौरमा जन्मिएकी लताले आफ्नो जीवनकालमा विभिन्न ३६ भाषामा ५० हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?