+
+

नेपालमा बार्मी आर्मीको आधिकारिक शाखा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते १६:४९

२४ माघ, काठमाडौं । बेलायतको चर्चित क्रिकेट समर्थकहरूको संस्था इंग्ल्याण्ड्स बार्मी आर्मीको आधिकारिक संस्था अब नेपालमा पनि स्थापना भएको छ ।

बेलायतको क्रिकेट समर्थकको संस्था इंग्ल्याण्ड बार्मी आर्मीले विधिवत रुपमा नेपालमा आफ्नो शाखा विस्तार गरेको छ । नेपालमा रहेका इंग्ल्याण्डका क्रिकेट समर्थकलाई एउटै छाताभित्र राख्ने गरी करिब पाँचवर्ष अघि सुरु गरिएको यस संस्थाले माघ १८ देखि स्वीकृति प्राप्त गरेको हो ।

बार्मी आर्मी क्रिकेट नेपाल नामक संस्थाले नेपालमा क्रिकेटसम्बन्धी खेल प्रतियोगिता गराउने, क्रिकेट खेल लाइभ स्ट्रीमलगायत विपन्न तथा गरिब खेलाडीहरूको लागि सामग्रीसमेत वितरण गर्ने संस्थाका अध्यक्ष नारायणप्रसाद अर्यालले जनाए । साथै विविध कार्यका लागि इंग्ल्याण्ड्स बार्मी आर्मीसँग सहकार्य गर्दै अगाडि बढ्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?