२४ माघ, काठमाडौं । सोमबारदेखि काठमाडौं उपत्यकाका संग्रहालयहरु खुला भएका छन् । कोरोना महामारीका कारण ८ माघदेखि बन्द भएका उपत्यकाका संग्रहालय जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि सोमबारदेखि खुला गरिएको हो ।
राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठले आइतबार जिल्ला प्रशासन कार्यालयको आदेशपछि संग्रहालय खुला गरिएको जानकारी दिए । यद्यपि सुरक्षा सतर्कता एवं स्वास्थ्य मापदण्डको पालना गर्दै अवलोकनकर्तालाई सेवा दिइने उनले जानकारी दिए ।
पहिलो दिन भएकोले सोमबार अवलोकनकर्ताको उपस्थिति न्यून रहेको श्रेष्ठले जानकारी दिए । काठमाडौं उपत्यकामा सरकारी निकायबाट छाउनीमा नेपाली सेनाको सहित तीन र मल्लकालीन दरबार क्षेत्रका तीन, स्वयम्भू, नारायणहिटी लगायत संग्रहालयहरु छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4