२४ माघ, काठमाडौं । गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. श्रीराम तिवारी र प्रदेश १ को स्वास्थ्य सचिवमा डा. अनुज भट्टचनलाई जिम्मेवारी दिइएको छ ।
गण्डकी प्रदेशमा डा. तिवारी र प्रदेश १ मा डा. भट्टचनलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखा प्रमुख रघुराम विष्टले जानकारी दिए ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. भट्टचनलाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवका लागि सामान्य प्रशासनलाई पत्राचार गरेको थियो । तर, सामान्यले उक्त पत्रमाथि कुनै प्रक्रिया अगाडि बढाएको थिएन । प्रक्रिया अगाडि नबढेपछि उनी केही समय फाजिलमा रहेका थिए ।
डा. तिवारी भने केही समयअघि मात्रै केन्द्रीय कारागार अस्पतालबाट राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा निर्देशकको रुपमा सरुवा भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4