+
+

कांग्रेस पदाधिकारी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १४:१४

२५ माघ, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बोलाइएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी हुने छैनन् । यही माघ २७ गते कार्यसम्पादन समितिको बैठक बस्ने भएकोले त्यसैको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको महामन्त्री शमाले बताए ।

महामन्त्री शर्माका अनुसार बैठकमा यसबाहेक भ्रातृ संस्थाका अधिबेश र १६ जिल्लाको अधिवेशनबारे पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?