+
+

स्थानीय तह निर्वाचन कार्यतालिका केही दिनमै ल्याउँछौं : प्रवक्ता पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १८:२०

२५ माघ, काठमाडौं । निर्वाचन आयोगले केही दिनभित्रमै स्थानीय तहको निर्वाचन कार्यतालिका प्रकाशन गर्ने बताएको छ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेपछि आयोग निर्वाचनको तयारीमा लागिसकेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

‘…निर्वाचनको मिति घोषणा भइसकेपछि हामीले हिजो निर्णय गरेर ७७ वटै जिल्लामा मतदाता नामावली संकलनको कार्य स्थगित भएको अवस्था छ । केही दिनमा वैशाख ३० गते सम्मकै कामको कार्यतालिका निकाल्छौँ । अहिले छलफलकै क्रममा छ’ उनले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भने ।

अब आयोगले मतदाता नामावली अध्यावधिकको काम सुरु गर्ने उनले बताए । अन्तिम मतदाता नामावली प्रकाशित हुन भने अझै डेढ महिना लाग्ने पौडेलले बताए ।

आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने पनि आयोगले बताएको छ । निर्वाचनका लागि १२० दिन समय पाउनुपर्नेमा अब केवल ९५ दिन मात्रै आयोगसँग भएकाले सबै काम फाष्ट ट्रयाकबाट गर्नुपर्दा खर्च बढ्ने प्रवक्ता शर्माले बताए ।

‘करिब करिब निर्वाचनका लागि आवश्यक पर्ने समयको २५ प्रतिशत कटौती भएको अवस्था हो । यसले गर्दा हामीले कतिपय कामहरु फाष्ट ट्रयाकमा गर्नुपर्ने अवस्था छ । यसले गर्दा केही प्रतिस्पर्धाहरु, लजिस्टिकहरु प्रतिस्पर्धाहरु लिमिटेड हुनसक्ने अवस्थाहरु छन्’ उनले भने ।

स्थानीय तह निर्वाचनका लागि हालसम्म दर्ता भइसकेका १०५ र अब दर्ता हुने दलले पनि भाग लिन पाउने आयोगले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?