+
+

लामा टेण्डी शेर्पाको स्मृतिमा बास्केटबल प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते २०:१७

२५ माघ, काठमाडौं । लामा टेण्डी शेर्पाको स्मृतिमा फागुन २ गतेदेखि खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । नेपाल बास्केटबल संघका पूर्वअध्यक्ष शेर्पाको गत मंसिर ८ गते निधन भएको थियो ।

नेपाली बास्केटबलको विकासमा महत्वपूर्ण योगदान दिएका शेर्पाको स्मृतिमा नेपाल बास्केटबल संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता फागुन १२ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ५ टिमले सहभागिता जनाउनेछ । जसमा पुरुषतर्फ रोएल बास्केटबल क्लब, गोल्डेनगेट बास्केटबल क्लब, एनसीसीएस, जेभियर इन्टरनेसनल कलेज, बीएमके, बंगलादेश नेभी टिम, च्याम्पियन सोलो, टाइम्स बास्केटबल क्लब, कीर्तिपुर बास्केटबल, ड्रिम टिम, कास्की बास्केटबल एसोसिएसन, टिम आर्मी र शंकरदेव क्याम्पस छन् ।

बंगलादेशको टिम बाहेक १२ टिमको सहभागिता पक्का भइसकेको नेपाल राष्ट्रिय महिला बास्केटबल टिमका प्रशिक्षक विकास शाहीले जानकारी दिए । बंगलादेशको टिमको लागि छोटो समयमा भिसा प्रकिया गर्नुपर्ने भएकोले एक दिन भित्र आउने/नआउने टुङ्गो लाग्ने शाहीले बताए ।

शाहीका अनुसार पुरुषतर्फ चार समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेल खेलाइनेछ भने महिलातर्फ सिंगल लिगपछि शीर्ष दुई टिमबीच फाइनल हुनेछ । यस्तै महिलातर्फ रोएल बास्केटबल एकेडेमी, नेपाल पुलिस क्लब, ललितपुर हाई, कीर्तिपुर बास्केटबल र रुपन्देही बास्केटबल एसोसिएसनले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?