२६ माघ, काठमाडौं । बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार चार सय र तेजावी सुनको मूल्य ९२ हजार ९ सय रुपैयाँ तोकेको छ ।
मंगलबार छापावाल सुन तोलामा ९३ हजार एक सय र तेजावी ९२ हजार ६ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । मंगलबार तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको प्रतितोला मूल्य २० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4