+
+

इन्डोनेसियाली नीतिले नेपाली पाम तेल उद्योग प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १६:५९

२६ माघ, काठमाडौं । कच्चा पाम तेलको निर्यातमा कडाइ गर्ने इन्डोनेसिया सरकारको नीतिले नेपाली पाम तेल उद्योगहरु प्रभावित भएका छन् ।

कच्चा पाम तेलको प्रमुख निर्यातक मध्येको एक मुलुक इन्डोनेसियाले लाइसेन्समार्फत मात्रै पाम तेल निर्यात गर्ने नीति अघि सारेको र नयाँ लाइसेन्स जारी नगर्दा आयात रोकिएको नेपाल वनस्पती घिउ तेल उत्पादक संघले जनाएको छ ।

अघिल्लो महिनादेखि नै पामको कच्चा तेल निर्यातमा कडाइ गर्दै लगेको सो मुलुकले पछिल्ला दिनमा निर्यातको लाइसेन्स नै जारी नगरेको संघका निवर्तमान अध्यक्ष एवम् उद्योगी विकास दुगडले बताए । कच्चा पदार्थ आयात प्रभावित भएपछि प्रशोधन उद्योगहरु कच्चा पदार्थ अभावको समस्यामा परेको उनको भनाइ छ । ‘पामको कच्चा तेल बिक्रीलाई इन्डोनेसियाले लाइसेन्सिङमा लग्यो । तर अहिलेसम्म निर्यातका लागि अनुमति दिएन, उद्योगहरुको कच्चा पदार्थ आयात प्रभावित भएको छ,’ दुगडले भने ।

नेपाली उद्योगीले पामको कच्चा पदार्थ आयात गर्ने प्रमुख मुलुकहरु मलेसिया र इन्डोनेसिया भए पनि मुख्य आयात इन्डोनेसिया नै रहेको संघले जनाएको छ । इन्डोनेसियाबाट भएको आयात प्रभावित भएपछि मलेसियाबाट आउने कच्चा पदार्थको मूल्य समेत बढेको संघले जनाएको छ ।
पकाएको वस्तुलाई अलि लामो आयु दिन र झुरुम्म बनाउन पाम आयाल उपयोगी हुने बताइन्छ । यस्तो तेलको प्रयोगबाट पिज्जा, दुनट, चकलेटदेखि डोरनेट, स्याम्पु, टुथपेस्ट, लिपिस्टिक लगायतका सामग्री बनाउन अत्यधिक प्रयोग हुन्छ ।

नेपालमा उत्पादन नहुने यस्तो तेलको माग भारतमा अत्यधिक छ । नेपालका झण्डै एक दर्जन खाद्य तेल उत्पादक कम्पनीहरुले मलेसिया र इन्डानेसियाबाट आयात गरेर भारतमा प्रशोधित पाम तेल निर्यात गर्ने गरेका छन् ।

चालु आवको पुस मसान्तसम्म नेपालले इन्डोनेसिया र मलेसियाबाट २८ अर्ब ७६ करोड ३९ लाख रुपैयाँ बराबरको २१ करोड ६६ लाख किलो भन्दा धेरै पामको कच्चा तेल आयात गरेको भन्सार विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?