+
+

६ दिनदेखि हराएका युवकको गोकर्णेश्वरमा शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १६:४१

२६ माघ, काठमाडौं । ६ दिनदेखि हराइरहेका काठमाडौं गोकर्णेश्वरका एक युवकको बुधबार शव भेटिएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका २७ वर्षका शिशिर भण्डारीको शव बुधबार गोकर्णेश्वर नगरपालिकाकै ओख्रेनी जाने बाटोमा बाग्मती किनारमा शव भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए ।

भण्डारी २० माघदेखि हराएको भनी महानगरीय प्रहरी वृत्त वौद्धमा उजुरी परेको थियो ।

शव भेटिएको सूचना पाएपछि प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?