२७ माघ, काठमाडौं । सरकारलाई तिर्नुपर्ने करोडौं रोयल्टी नतिरेका क्यासिनो र क्यासिनो रहेका होटेलमाथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कारबाही बढाएका छन् ।
सोही क्रममा उनले मंगलबार काठमाडौंको याक एण्ड यति र नेपालगन्जको ड्रीम ल्याण्ड होटेल बन्द गर्ने निर्णय गरेका छन् । नेपालगन्जको ड्रिमल्याण्डमा ह्वाप्पी आवर प्रालिले क्यासिनो चलाइरहेको थियो । तर, यो क्यासिनोले सरकारलाई ३८ करोड १० लाख ४५ हजार रुपैयाँ रोयल्टी बुझाएको थिएन ।
सरकारले यो क्यासिनो र होटल दुवै बन्द गराउने निर्णय गरेको पर्यटन विभागले जानकारी गराएको छ ।
मन्त्री आलेको सक्रियतापछि पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा क्यासिनो रोयल्टीबाट ६५ करोड रुपैयाँ संकलन गरिसकेको छ । रोयल्टी नतिर्ने क्यासिनो र त्यसमा रहेको होटेल भने कारवाहीमा परेका हुन ।
यो पनि पढ्नुस् –
होटल याक एण्ड यती बन्द गर्न निर्देशन, ‘पाँच तारे’ वर्गीकरण पनि रद्द
प्रतिक्रिया 4